आफुले भनेको कुरा अरुले नमानेपछि रिसको पारो त तात्छ नै । तर रिस उठ्यो भन्दैमा जे पायो त्यहीँ गर्न त भएन नी । गर्न त नहुने हो, तर कोहीकोहीले भने गर्नै नहुने कुरा पनि गर्छन् । यस्तै गरेका छन् अमेरिकाका एक पुरुषले ।

अमेरिकाको कोलोराडोमा एक पुरुषले आफुसँग जान नमानेको भन्दै महिलाको तिघ्रामा पिसाब गरिदिएका छन् । एक रेष्टुरेन्टमा रातको समयमा रमाइलो गर्न पुगेका ती पुरुषले सोही रेष्टुरन्टकी अर्की ग्राहकको तिघ्रामा सु….. गरिदिए । रक्सी पिएर मात्तिएका ती पुरुषले आफुसँग नाच्नको लागि पाखुरामा समातेर ती महिलालाई कतै लग्न खोजे । तर ती महिलाले आनाकानी गरेपछि पाइन्टको बटन खोलेर तुरुर्र पारिदिए । सुरुमा त महिलाले आफ्नो खुट्टामा ती पुरुषले बियर पोखिदिएको लख काटिन् तर । पछि हेर्दा पो थाहा भयो खुट्टा त पिसाबले भिजिसकेछ ।

महिलाको खुट्टामा तुर्काइदिने ती पुरुषलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरी चौकीमा समेत ती पुरुषले निकै च्याँठिएर कुरा गरेका थिए । उनी रक्सीको नशाले बेहोस जस्तै बनेकाले त्यस रात महिलाको खुट्टामा सु.. गरिदिएको प्रहरीको भनाइ छ ।